९ वटा सहरमा इन्टरनेट बन्द हुन सक्ने, प्राधिकरणले लाइन काटेको आईस्पानको आरोप

 जेठ २४, २०७९ मंगलबार १४:४:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निजी इन्टरनेट सेवा प्रदायकको छाता सङ्गठन 'इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल' (आईस्पान) ले ९ वटा जिल्ला तथा सहरमा जुनसुकै बेला इन्टरनेट बन्द हुन सक्ने चेतावनी दिएको छ । 

नेपाल विद्युत् प्राधिकरणले गैरकानुनी ढङ्गले सेवा प्रदायकको इन्टरनेट प्वाइन्ट डाटा सेन्टर, पीओपी र दूरसञ्चार उपकरण चलिरहेका ठाउँमा घरधनीसमेतको विद्युत् लाइन काटेकाले जुनसुकै बेला इन्टरनेट बन्द हुन सक्ने आइस्पानले चेतावनी दिएको छ । लाइन काटिएको ठाउँमा जेनेरेटर, सोलार लगायतको माध्यमबाट तत्कालका लागि सेवा दिइरहेको र ब्याकअप पावर सकिनेबित्तिकै इन्टरनेट बन्द हुने आइस्पानले जनाएको छ । 

इलाम, विराटनगर, खोटाङ, गाईघाट, इनरुवा, धरान, धुवही, लहान र डोटीमा इन्टरनेट सेवा बन्द हुनसक्ने आइस्पानको विज्ञप्तिमा उललेख छ । विद्युत् पोल भाडासम्बन्धी विभिन्न मन्त्रालय र निकायका व्यक्ति सम्मिलित उच्चस्तरीय समितिको प्रतिवेदनअनुसार मात्र आफूहरू पोल भाडा तिर्न तयार रहेको आईस्पानले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया