शेयर बजार आज पनि राताम्मे, १० महिनामा १२ सय अङ्कले घट्यो

 जेठ २४, २०७९ मंगलबार १५:१७:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्सेको ओरालो यात्रा रोकिएको छैन । नेप्से आज मङ्गलवार ४५ दशमलव ५९ अङ्कले घटेर दुई हजार २० दशमलव २३ विन्दुुमा झरेको छ । 

कारोबार भएका सबै समूहको शेयर ओरालो लागेकोमा बीमा, माइक्रोफाइनान्स, उत्पादन र विकास बैंक समूहको शेयर उच्च अङ्कले घटेको छ । दुई सय ३४ वटा कम्पनीकाे ३८ लाख ८७ हजार कित्ता शेयर एक अर्ब ३१ करोड २८ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ६ करोड ११ लाख रुपैयाँको शेयर किनबेच भयो । 

आज सबैभन्दा धेरै हिमालयन बैंकको शेयर १० प्रतिशत तथा सपोर्ट लघुवित्त, समता लघुवित्त र जनउत्थान लघुवित्त कम्पनीको शेयर साढे पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि उपकार लघुवित्त र बलेफी हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ ।  

गएको वर्षको भदौमा ३१ सय ८० विन्दुसम्म पुगेको नेप्से १० महिनामा झन्डै १२ सय अङ्कले घटिसकेको छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया