चितवनको लेवाटारमा कार, मोटरसाइकल र ट्याङ्कर ठोक्किए : एक जनाको ज्यान गयो

 जेठ २५, २०७९ बुधबार ७:३८:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चितवनमा कार, मोटरसाइकल र ट्याङ्कर एक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ लेवाटारमा प्रदेश ३–०१–०२३ च ५०७४ नम्बरको कार, ना ७ ख १३७१ नम्बरको ट्याङ्कर र बा ७५ प ६११६ नम्बरको मोटरसाइकल ठोक्किएकाे हाे ।

दुर्घटनामा मोटरसाइकल चालक गोरखाको सहिद लखन गाउँपालिका–४ का २३ वर्षीय सन्तोष चेपाङको ज्यान गएको  जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो ।

ट्याङ्कर चालक र कार चालक पक्राउ परेका पनि उहाँले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया