“आईएमई पे” मार्फत “फुडमान्डु”को भुक्तानीमा १५ प्रतिशत क्यासब्याक

 जेठ २५, २०७९ बुधबार १३:३७:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईएमई ग्रुपद्वारा सञ्चालित “आइएमई डिजिटल सोलुसन लिमिटेड” अन्तर्गत सञ्चालित “आइएमई पे” र “फुडमान्डु” बीच सम्झौता भएको छ ।

सम्झौता अनुरुप यही जेठ २३ गतेदेखि नयाँ क्यासब्याक अफर सार्वजनिक गरेको छ ।

“३ को कमाल, क्यासब्याकले धमाल” नामक अफरमार्फत प्रयोगकर्ताहरुले 'आइएमई पे' एपमार्फत फुडमान्डु एपमा ३ अर्डरको भुक्तानी गरे पश्चात त्यसकाे योगफलमा १५ प्रतिशतमा क्यासब्याक पाउनेछन् । यो क्यासब्याकको सीमा ५ रुपैयाँसम्म मात्र हुनेछ। 

फुडमान्डु एपबाट ३ अर्डर गरेपछि ३ बिलको कुल रकममा १५ प्रतिशत क्यासब्याक पाइने र यस क्यासब्याकको सीमा ५ सय रुपैयाँसम्म मात्र हुने आइएमई पेले जनायाे । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया