डिम्याट खोल्नेको सङ्ख्या ५१ लाख ५० हजार, शेयर कारोबारीबाट ११ अर्ब रुपैयाँभन्दा धेरै सङ्कलन

 जेठ २५, २०७९ बुधबार १३:४५:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर कारोबारका लागि खोलिने हितग्राही खाता अर्थात् डिम्याट खोल्नेको सङ्ख्या ५१ लाख नाघेको छ । 

नेपाल धितोपत्र बोर्डले वार्षिक उत्सवको अवसरमा आज बुधवार दिएको जानकारीअनुसार जेठको १७ गतेसम्म ५१ लाख ५० हजार जनाले डिम्याट खाता खोलेका छन् । यस्तै वैशाख मसान्तसम्ममा मेरो शेयर खाता खोल्नेको सङ्ख्या ४२ लाख ६४ हजार तथा शेयर कारोबारका लागि अनलाइन सेवा लिनेको सङ्ख्या १४ लाख ३९ हजार जना पुगेको छ । 

यसैबीच चालु आर्थिक वर्षमा शेयर कारोबारबाट सरकारले ११ अर्ब रुपैयाँभन्दा धेरै पुँजीगत लाभकर असुल गरेको छ । धितोपत्र बोर्डका अनुसार जेठ १७ गतेसम्म सरकारले ११ अर्ब तीन करोड २६ लाख रुपैयाँ पुँजीगत लाभकर सङ्कलन गरेको  हो । सरकारले दोस्रो बजारको शेयर कारोबारमा समयका आधारमा साढे सात प्रतिशत र पाँच प्रतिशत लाभकर लिने गरेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया