थाइल्यान्डमा गाँजामाथिको प्रतिबन्ध हट्यो, जेलमा रहेका झन्डै ४ हजार कैदी छुट्दै

 जेठ २६, २०७९ बिहीबार १२:८:४८ | एजेन्सी
unn.prixa.net

तस्बिर : बीबीसी

थाइल्यान्डले गाँजालाई प्रतिबन्धित लागुऔषधको सूचीबाट हटाएको छ ।

कृषि र पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहयोग पुग्ने भन्दै थाइल्यान्डले गाँजामाथिको प्रतिबन्ध हटाएको बीबीसीले जनाएको छ । थाइल्यान्ड गाँजामाथिको प्रतिबन्ध हटाउने दक्षिण–पूर्वी एसियामै पहिलो देश बनेको छ । अब थाइल्यान्डमा गाँजाको खेती गर्न पाइने छ ।

प्रतिबन्ध फुकुवा भएसँगै सरकारले खेती गर्नको लागि नागरिकहरुलाई गाँजाको १० लाख विरुवा वितरण समेत गर्ने भएको छ । आजदेखि थाइल्यान्डका नागरिकले चाहेमा प्रति परिवार गाँजाका ६ वटा विरुवा सरकारबाट प्राप्त गर्न सक्नेछन् भने कम्पनीहरुले अनुमति लिएर गाँजाको खेती गर्न सक्नेछन् ।

गाँजामाथिको प्रतिबन्ध हटाउनु नागरिकका लागि आम्दानी गर्ने अवसर भएको थाइल्यान्डका उपप्रधानमन्त्री एवम् स्वास्थ्य मन्त्री अनुटिन चर्नविराकुलले सामाजिक सञ्जालमार्फत बताउनुभएको बीबीसीले जनाएको छ । अब रेस्टुरेन्टहरुमा गाँजा मिसाइएको खानेकुरा बेच्न तथा उपचारको रुपमा गाँजालाई स्वतन्त्र रुपमा प्रयोग गर्न पाइन्छ ।

गाँजामाथिको प्रतिबन्ध हटेसँगै सरकारले यस सम्बन्धी मुद्दामा जेल बसिरहेका झन्डै ४ हजार कैदीहरु रिहा गर्ने सरकारी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । गाँजालाई लागुऔषधको सूचीबाट हटाएको भए पनि मनोरञ्जनका क्षेत्रमा भने प्रतिबन्ध कायमै रहेको छ ।

चुराेटमा गाँजा मिसाउन पाइँदैन । गाँजा नियन्त्रण फुकुवा तथा उपयोग सम्बन्धी थाई संसद्ले कानुनको मस्यौदा बनाइरहेको पनि बीबीसीले जनाएको छ ।  

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया