एक दिन पनि टिकेन नेप्सेको वृद्धि, आज दोहोरो अङ्कले घट्यो

 जेठ २६, २०७९ बिहिबार १५:१८:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो बुधवार ६० अङ्कले बढेको शेयर बजार आज बिहीवार फेरि दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ५८ अङ्कले घटेर दुई हजार ६२ दशमलव ८६ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, जलविद्युत्, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । दुई सय २९ वटा कम्पनीकाे ४१ लाख ५६ हजार कित्ता शेयर एक अर्ब ४२ करोड २६ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै कुमारी बैंकको ६ करोड ७४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सिंगटी हाइड्रो र समिट लघुवित्तको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि उपकार लघुवित्त र बलेफी हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया