चितवनमा बसको ठक्करबाट सहचालकको ज्यान गयाे

 जेठ २७, २०७९ शुक्रबार ८:४४:४५ | रासस
unn.prixa.net

चितवन - पृथ्वी राजमार्गको मौवाखोलामा बसको ठक्करबाट सहचालकको ज्यान गएकाे छ । 

आज बिहान चितवनकाे इच्छाकामना गाउँपालिकाको मौवाखोलामा बसका सहचालक सुनसरी झुम्काका २३ वर्षीय जनक दाहालको ज्यान गएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाण्डौबाट भारतको सिलगीका लागि छुटेकाे बा ५ ख ७८४३ नम्बरको नेपाल भारतमैत्री बसले त्यही बसका सहचालक दाहाललाई ठक्कर दिएको थियो। दाहालको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ भने बस र बसका चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ।
 

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया