पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
बाँके – मुस्लिम समुदायले बिहीबार घरघरमा स्थापना गरेका ताजिया शुक्रबार सामूहिक रुपमा घर नजिकै रहेका कर्बलाहरुमा विर्सजन गरिएको छ ।
मुस्लिम समुदायहरु बाजागाजासहित नेपालगञ्ज लगायतका विभिन्न स्थानमा कर्बलामा ताजिया विसर्जनका लागि पुगेका थिए । ताजिया विसर्जन भएको दुईदिन पछि हुने विशेष फातियामा गरिब तथा विपन्न समुदायका व्यक्तिहरुलाई खाना पकाएर खुवाउने प्रचलन रहेको मुस्लिम अगुवा हाजी शकील अहमद कादरीले जानकारी दिनुभयो ।
इस्लामिक नयाँ वर्ष ‘हिजरी सम्वत् १४४० को १० औं तारिखका दिन मोहर्रम मनाउने गरिन्छ । मोहर्रम हिजरी सम्वतको पहिलो महिना हो । हिजरी सम्वतको ५ तारिखदेखि सुरु हुने मोहर्रमको १० औ दिन विशेष महत्वको हुने गर्दछ ।
मोहर्रमको विशेष दिन भएकाले व्रत बस्ने, गरिब गुरुवालाई खाना खुवाउने, नमाज पढ्ने र राम्रो कपडा लगाउने प्रचलन रहेको छ । मोहर्रमका आलम राख्ने र विशेष गरी ताजिया राख्ने गरिन्छ । मुस्लिम समुदायको बाक्लो बसोबास रहेको बाँकेमा करोड बढीका ताजिया राखिएको अनुमान गरिएको छ ।
इराकको कर्वला सहरमा पैगम्बर मोहम्मदका नातिसहित परिवारका सदस्य र अन्य शहीद भएको सम्झनामा मोहरम मनाउने गरिएको हाजी कादरीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।