रुसी आक्रमणबाट युक्रेनको एउटा केमिकल प्लान्टमा भीषण आगलागी

 जेठ २९, २०७९ आइतबार १५:१८:१८ | एजेन्सी
unn.prixa.net

रुसी सेनाको आक्रमणका कारण युक्रेनको सेभेरोडोनेत्स्क सहरमा रहेको एउटा केमिकल प्लान्टमा भीषण आगलागी भएको छ । प्लान्टमा रुसी सेनाको बमबारीबाट सयौँ टन तेल चुहिएर भीषण आगलागी भइरहेको सहरका प्रमुख सेरही हाइदाईलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

प्लान्टमा झन्डै आठ सय जना मानिस फसेका पनि उहाँले बताउनुभएको छ । सहरमा व्यापक गोलाबारी हुन थालेपछि गैरसैनिक मानिसहरू आश्रय लिन प्लान्टभित्र पसेका हुन् ।

पूर्वी युक्रेन कब्जा गर्न रुसका लागि सेभेरोडोनेत्स्क सहरमा कब्जा गर्नु महत्त्वपूर्ण हुने छ । सहरलाई कब्जा गर्ने उद्देश्य पूरा गर्न रुसी फौजले अत्यन्तै संवेदनशील र सयौँ मानिस आश्रय लिएको थाहा हुँदाहुँदै प्लान्टमा आक्रमण गरेको सहरका प्रमुख हाइदाईले बताउनुभएको छ ।

रुस र युक्रेनबीच बितेको साढे तीन महिनादेखि युद्ध चलिरहेको छ । युक्रेनको राजधानी तथा अन्य सहरमा कब्जा गर्न विफल भएपछि रुसले अहिले पूर्वमा रहेको लुहान्स्क र डोनेत्स्क सहरलाई निसाना बनाइरहेको छ ।

सेभेरोडोनेत्स्क सहरका प्रमुख सेरही हाइदाईले सहरको धेरैजसो भू–भाग रुसको कब्जामा गइसकेको बताउनुभएको बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया