ताप्लेजुङमा पहिरोले बगाउँदा सासु–बुहारीको ज्यान गयो

 असार ३, २०७९ शुक्रबार ७:५०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पहिरोमा परेर ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा सासु बुहारीको ज्यान गएको छ ।

गएराति घर माथिबाट खसेको पहिरोमा पुरिएर सासु तुलसा अधिकारी र बुहारी यशोदा अधिकारीको ज्यान गएको सिरीजङ्घा गाउँपालिकाका उपाध्यक्ष डाक्टर चित्रकुमार लिम्बुले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोमा परेर हराइरहेका उनीहरुको पुहिरिएकै अवस्थामा शव भेटिएको हो ।

यशोदाका श्रीमान् विष्णु अधिकारीले भने भागेर ज्यान जोगाउन सफल हुनु भएको छ ।  अहिले घटनास्थलमा प्रहरीको टोली पुगेको  छ । पहिरोले अधिकारीका दुईवटै घर बगाएको छ भने नजिकै रहेका पशुचौपायासमेत पुरेको अनुमान गरिएको छ ।

यस्तै, पहिरोका कारण वडा नम्बर ६ का केही घरमा पनि नोक्सानी भएको छ । सिरीजङ्घा गाउँपालिकाको वडा नम्बर ६ र ७ पहिरोको उच्च जोखिममा रहेको उपाध्यक्ष लिम्बुले बताउनुभयो । पहिरोका कारण यी दुई वडाका १०/१५ परिवार विस्थापित भएका उहाँले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया