राष्ट्रवादी भएर नेपालको कहिल्यै विकास भएन : सुजाता कोइराला

 असार ३, २०७९ शुक्रबार १७:२८:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधान तथा परराष्ट्र मन्त्री सुजाता कोइरालाले सधैँ राष्ट्रवादी भएर नेपालमा कहिल्यै विकास हुन नसकेको दाबी गर्नुभएको छ । 

आज शुक्रवार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा बोल्दै नेतृ कोइरालाले अरूलाई गाली गरेर र जहिल्यै पनि राष्ट्रवादी भएर नेपालमा कहिल्यै विकास हुन नसकेको जिकिर गर्नुभएको हो । उहाँले नेपालमा भारत र अमेरिकाको कुरा आउनेबित्तिकै विवाद सुरु हुन थालेको भन्दै यो राम्रो नभएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘जहिले पनि अमेरिका र इन्डियाको कुरा हुँदा धेरै नै होहल्ला हुन थाल्यो । यो मलाई ठिक लागेन । यहाँ यत्रोबेर देशको सेनापतिलाई राख्नु भनेको लज्जास्पद कुरा हो । अन्तर्राष्ट्रिय जगतले पनि यसलाई राम्रो मान्दैन । अरूलाई मात्र भनेर, गाली गरेर, जहिल्यै पनि राष्ट्रवादी भएर नेपालमा कहिल्यै विकास हुन सकेन । चीनले विकास गरेमा एकथरीले मन नपराउने, भारतले गरेमा अर्को थरीले । अमेरिकाले केही सहयोग गरेमा त्यो बिगार्न खोज्छन् । यसरी नेपाल कहिल्यै अघि बढ्दैन र नेपाल जहिल्यै साँघुरो भएर बस्छ ।

नेतृ कोइरालाले प्रधानमन्त्री, गृहमन्त्री र प्रधानसेनापति समेतले एसपीपी नेपालमा स्वीकार्य हुँदैन भन्ने कुरा स्पष्ट पारिसकेको भन्दै सधैँ काम नभएको जसरी बिना तुकका गफ गरेर बस्न नहुने बताउनुभयो ।

अन्तिम अपडेट: चैत २७, २०८०

1 Comments

  • बिस्णु पौडेल

    June 17, 2022, 6:30 p.m.

    तिमी बिदेशी कि दलाल हौ अनि नेपालीले राष्ट्रबादको कुरा गरेको कसरी पच्छ?किन नेपालमा बस्ने?

  •  0 Reply

तपाईको प्रतिक्रिया