प्रधानसेनापति शर्मा औपचारिक भ्रमणका लागि लेबनान प्रस्थान, असार १३ गते अमेरिका जाने

 असार ४, २०७९ शनिबार १२:३०:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानसेनापति प्रभुराम शर्मा औपचारिक भ्रमणका लागि आज शनिवार लेबनान प्रस्थान गर्नुभएकाे छ ।

द्वन्द्पग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला बढाउन तथा विभिन्न यूएन मिसनकाे विविध पक्ष र भावी योजनाका बारेमा जानकारी लिने उद्देश्यका साथ शर्मा रक्षा सचिवसहित सात सदस्यीय भ्रमण दलको नेतृत्व गरी लेबनान प्रस्थान गर्नुभएकाे हाे । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाइ गर्नुभएको थियो ।    

प्रधानसेनापति महारथी शर्मा लगायतको भ्रमण दलले असार १० गतेसम्म संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरू तैनाथ लेबनानकाे युनिफिल मिसन र त्यसपछि सिरियाकाे यूएनडीओफ मिसनकाे निरीक्षण भ्रमण गरी जानकारी लिनेछ । 

भ्रमणका क्रममा प्रधानसेनापति शर्माले लेबनान, सिरिया, युनिफिल मिसन र यूएनडीओफका उच्च पदस्थ अधिकारीहरूसँग भेटघाट गर्नु हुनेछ । उहाँलाई आज नेपालका मानार्थ महावाणिज्यदूत तथा लेबनानका सरकारी अधिकारीहरूले स्वागत गर्नु हुनेछ । त्यसपछि लेबनानी सेनाको एक टुकडीले उहाँको सम्मानमा सम्मानगारत अर्पण गर्ने कार्यक्रम रहेको छ ।

लेबनान प्रस्थान गर्नुअघि प्रधानसेनापति शर्मालाई हिजाे शुक्रवार जङ्गी अड्डानमा सम्मानगारत अर्पण गरिएको थियो । 

त्यस भ्रमणपछि प्रधानसेनापति शर्माले असार १३ संयुक्त राज्य अमेरिकाकाकाे औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

प्रधान सेनापति शर्माको भ्रमण अवधिभर बलाधिकृत रथी बालकृष्ण कार्कीले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नुहुनेछ । भ्रमण सम्पन्न गरी प्रधानसेनापति शर्मालगायतको टाेली असार १९ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

तस्बिर : नेपाली सेना

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया