युक्रेनका राष्ट्रपति जेलेन्स्कीद्वारा युद्धग्रस्त सहरको भ्रमण

 असार ५, २०७९ आइतबार ८:४१:४७ | एजेन्सी
unn.prixa.net

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धग्रस्त सहर माइकोलाभ र ओडेसाको भ्रमण गर्नुभएको छ।

रुस-युक्रेन युद्धकाबीच तहसनहस भएको युक्रेनका सहरको भ्रमणका क्रममा उहाँले युद्धसँग जुधिरहेका सेनाको हौसला बढाउनुका साथै विभिन्न अस्पतालमा रहेका घाइते, डाक्टर र स्वास्थ्यकर्मीसँग भेटघाट गर्नुभएकाे बीबीसीले जनाएको छ । यी दुवै सहरमा पछिल्लो समय रुस र युक्रेनका सेनाबीच युद्ध भइरहेको छ ।

यसअघि उहाँले किएभ पुगेका पश्चिमी राष्ट्रका नेतासँग पनि भेटघाट गर्नुभएको थियो । रुस-युक्रेन युद्धमा अहिलेसम्म ४ हजार ५ सय नागरिक मारिएका र १ करोड ३० लाखले युक्रेन घरबास छाडेका संयुक्त राष्ट्र सङ्घले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया