हिजो र आज गरी २ सय १४ जना हजयात्रीको बिदाइ

 असार ७, २०७९ मंगलबार ११:९:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - हिजो र आज गरी २ सय १४ जना हजयात्रीको बिदाइ गरिएको छ ।

आज बिहान युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले मुस्लिम धर्मावलम्बीको पवित्र तीर्थस्थल मक्का मदिनामा हज गर्न जाने १ सय ४ जना हजयात्रीलाई बिदाइ गर्नुभएको छ । उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाँकेका ८५, बर्दियाका ५, सुर्खेतका ६, दाङका ५ र अर्घाखाँचीका २ जना हजयात्री र १ जना प्रतिनिधिलाई बिदाइ गर्नुभयो ।

उनीहरु साउदी अरबको जेद्दा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मक्कामदिना पुग्ने नेपाल हज समितिले जनाएको छ । यसअघि हिजो पहिलो उडानमार्फत सुनसरी, मोरङ र झापाका १ सय १० जना हजयात्रीको बिदाइ गरिएको थियो । यो  वर्ष हज समितिमार्फत ५ सय ४३ जना हजयात्री मक्का मदिना जाने  कार्यक्रम छ ।

बाँकीलाई यही असार  १० गतेसम्म  पठाउने  कार्यक्रम  रहेको समितिका अध्यक्ष शमशेर मियाँले जानकारी दिनुभयो । राष्ट्रिय जनगणना अनुसार नेपालको कुल जनसङ्ख्याको ४ दशमलव ४ प्रतिशत मुस्लिम समुदाय रहेका छन् ।  

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया