दैलेखमा ट्र्याक्टर दुर्घटना हुँदा १ जनाकाे ज्यान गयाे, २ जना घाइते

 असार ७, २०७९ मंगलबार २०:५:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

दैलेख – दैलेखकाे भवगतीमाई गाउँपालिका ७ खाेरमा मङ्गलवार बेलुकी ट्र्याक्टर दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ ।

कर्णाली प्रदेश ०२ ००१ त २४८ नम्बरकाे ट्र्याक्टर दुर्घटना हुँदा त्यही ठाउँका १८ वर्षीय जगत विककाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेश विकले जानकारी दिनुभयाे । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । 

मृतककाे शव पाेस्टमार्टमका लागि अस्पताल लैजाने तयारी भइरहेकाे प्रहरीले जनाएकाे छ । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया