काठमाण्डाैकाे कला–संस्कृतिलाई विश्वभर चिनाउन मेयर साहको आग्रह

 असार ९, २०७९ बिहिबार १९:१९:७ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहले काठमाण्डाैकाे कला–संस्कृतिलाई विश्वभर चिनाउन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लाई आग्रह गर्नुभएको छ ।

एनआरएनको टोलीसँग आज बिहीवार भएको भेटमा मेयर साहले कला, संस्कृति र सम्पदाको सहर काठमाण्डाैलाई संसाभर चिनाउन आग्रह गर्नुभएको हो । उहाँले काठमाण्डाै महानगरभित्र एनआरएनएले बनाउन लागेको सार्वजनिक शौचालयलाई जग्गा उपलब्ध गराउन र व्यवस्थापन गर्न महानगर सकारात्मक रहेको बताउनुभयो ।

मेयर साहले एनआरएनएको योजना कार्यान्वयनका लागि महानगरपालिका लाग्ने विश्वास व्यक्त गर्नुभयो । एनआरएनएका अध्यक्ष कुल आचार्यले एनआरएनए महानगरपालिकासँग सहकार्य गरी 'स्मार्ट सिटी' अवधारणाको कार्यान्वयन, ट्राफिक व्यवस्थापन, आधुनिक सार्वजनिक शौचालय निर्माणलगायत सहकार्य गर्न तयार रहेको बताउनुभयो । 

अध्यक्ष आचार्यले एनआरएन काठमाण्डाै महानगरपालिकाको टिमसँग सहकार्य गर्न उत्साहित रहेको उल्लेख गर्नुभयो । भेटमा एनआरएनए युरोपका संयोजक चिन्तामणि सापकोटा, एनआरएनए आइसिसी सदस्य प्रदीप न्यौपाने, युरोप युवा संयोजक  रमेश काफ्लेलगायतको सहभागिता रहेको थियो । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया