सान्जेनलाई तत्काल आईपीओ निष्कासन नगर्न माग गर्दै ज्ञापनपत्र

 असार १०, २०७९ शुक्रबार १८:३२:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – सान्जेन हाइड्रोपावर कम्पनीलाई आयोजना प्रभावितले नै शेयर निष्कासन नगर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । नेपाल धितोपत्र बोर्डले निष्कासन अनुमति दिएसँगै कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि आइपीयो बिक्री गर्न लागेको छ । 

प्रभावितका लागि एकैपटक २ वटा कम्पनीले शेयर निष्कासन गर्दा समस्या आउने भन्दै शेयर निष्कासन प्रक्रिया रोक्न स्थानीले माग गरेका हुन् । शुक्रबार सान्जेन जलिविद्युत् आयोजना मार्फत कम्पनीलाई ज्ञापनपत्र बुझाइएको स्थानीय फुर्पुसिंगी तामाङले बताउनुभयो । उहाँका अनुसार कोरोना महामारीका कारण शेयर भर्नका लागि स्थानीयसँग रकम नभएको र बैंले पनि ऋण नदिने हुँदा समस्या सिर्जना भएको छ ।

रसुवागढीले यही असार १३ गतेदेखि प्रभावितका लागि शेयर निष्कासन गर्दै छ । ‘दुवै कम्पनीले एउटै समयमा शेयर निष्कासन गर्नु भनेको स्थानीयलाई यो जलविद्युत कम्पनीको शेयरबाट बञ्चित गराउन खोजिएको हो, ज्ञापनपत्रमा भनिएको छ ।’ जिल्लावासीका लागि सान्जेनले ३६ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्ने छ । यसमा बिक्री प्रबन्धकको काम नागरिक लगानी कोषले गर्नेछ । 

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण लामो समयसम्म शेयर निष्कासन प्रक्रिया रोकिएको थियो । कम्पनीले रसुवाको आमाछोेदिङ्मो–५, चिलिमेमा १४.८ मेगावट क्षमताको माथिल्लो सान्जेन र ४२.५ मेगावटको सान्जेन जलविद्युत् आयोजना निमाण गरिरहेको छ । 
 

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया