दक्षिण अफ्रिका : 'नाइट क्लब' मा १७ जना मृत भेटिए

 असार १२, २०७९ आइतबार १४:४६:२४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

दक्षिण अफ्रिकाको दक्षिणी सहर पूर्वी लन्डनमा रहेकाे एक रात्रि कल्ब (नाइट क्लबमा) मा आइतवार कम्तीमा १७ जना मानिस मृत फेला परेका प्रहरीले जनाएको छ । के, कति कारण ती व्यक्तिहरूको ज्यान गएकाे हाे भन्नेबारेमा विवरण भने प्राप्त भएको छैन । 

‘हामीले पूर्वी लन्डनमा रहेको सिनरी पार्कमा रहेको स्थानीय क्षेत्रमा १७ जनाकाे ज्यान गएकाे रिपाेर्ट प्राप्त गरेका छौँ’, प्रान्तीय प्रहरी प्रमुख ब्रिगेडियर थेम्बिन्कोसी किनानाले एएफपी समाचार समितिलाई जानकारी दिनुभयाे । 

घटनाको वरिपरिको परिस्थितिबारे अझै अनुसन्धान भइरहेकाे पनि उहाँले बताउनुभएको छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया