युक्रेनको राजधानी किएभमा रुसको मिसाइल आक्रमण

 असार १३, २०७९ सोमबार ७:५०:२८ | एजेन्सी
unn.prixa.net

रुसले युक्रेनको राजधानी किएभमा आक्रमण गरेको छ ।

युक्रेनमाथि रुसी आक्रमण विरुद्ध ऐक्यबद्धता जनाउन जी ७ को नेताहरु जर्मनीमा छलफलमा जुटिरहेका बेला रुसले युक्रेनको राजधानी किएभमा मिसाइल आक्रमण गरेको हो ।

आक्रमणमा परेर किएभको पश्चिममा रहेको सर्नी सहरमा तीन जनाको ज्यान गएको र केही भग्नावशेषमा पुरिएका बीबीसीले जनाएको छ ।

किएभका अधिकारीहरुका अनुसार केही मिसाइल बेलारुसबाट प्रहार गरिएको थियो । बेलारुसले रुस–युक्रेन युद्धमा रुसलाई सहयोग गर्दै आएको छ । पश्चिमा राष्ट्रलाई तर्साउने उद्देश्यले रुसले किएभमा आक्रमण गरेको हुन सक्ने विश्लेषण गरिएको छ ।

रुसले किएभको आवासीय क्षेत्रमा नभइ क्षेप्यास्त्र कारखानामा आक्रमण गरेको पनि जनाएको छ । किएभमा रुसको आक्रमणपछि जी ७ का सदस्य राष्ट्रका नेताहरुले रुसमाथि प्रतिबन्ध कडा पार्दै रुसी बहुमूल्य रत्न एवम् धातुको आयात रोक्ने घोषणा गरेका छन् । उनीहरुले रुसमाथि थप कडा प्रतिबन्ध लगाउने प्रतिबद्धता जनाएका छन् ।
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया