रुस–युक्रेन युद्धपछि पुटिन पहिलोपटक ताजिकिस्तान र तुर्कमेनिस्तानको भ्रमणमा जाँदै

 असार १४, २०७९ मंगलबार १०:१२:५१ | एजेन्सी
unn.prixa.net

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मध्य एसियाली देश ताजिकिस्तान र तुर्कमेनिस्तानको भ्रमण गर्ने कार्यक्रम तय भएको छ । रुस–युक्रेन युद्ध सुरु भएपछि उहाँको यो पहिलो विदेश भ्रमण हो ।

राष्ट्रपति पुटिनले ताजिकिस्तान र तुर्कमेनिस्तानको भ्रमण गर्ने र त्यसपछि मस्कोमा वार्ताका लागि इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई भेट्ने कार्यक्रम रहेको खबरमा उल्लेख छ । त्यसैगरी दुशान्बेमा पुटिनले ताजिकस्तानका राष्ट्रपति इमोमाली रहमोनलाई भेट्नुहुनेछ । राष्ट्रपति इमोमाली रहमोन रुस निकट सहयोगी हुनुहुन्छ । युक्रेनमा आक्रमणपछि रुसी शीर्ष नेताको यो पहिलो विदेश भ्रमण हो जुन मस्कोमाथि लगाइएका प्रतिबन्धपछि सार्वजनिक भएको छ ।

यसबाहेक, जर्मनीमा हुन लागेको जी–सेभेन शिखर सम्मेलनमा युक्रेनका विषयमा विशेष ध्यान केन्द्रित हुने सीएनएनले उल्लेख गरेको छ । जी–सेभेनले सुन आयात प्रतिबन्धको आधिकारिक घोषणा गर्दैछ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी सुनको आयातमा प्रतिबन्ध लगाउने बताउनुभएको छ  । सुन रूसको लागि दशौं अर्ब डलरको ठूलो निर्यातको वस्तु हो । रुसले तत्कालीन युक्रेनी भू–भाग क्रिमिया गाभेपछि सन् २०१४ मा जी–८ बाट रुस बाहिरिएको थियो ।
 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया