श्रीलङ्कामा अबको २ हप्ता अत्यावश्यक बाहेकका गाडीलाई इन्धन बेच्न रोक

 असार १४, २०७९ मंगलबार १६:२५:४८ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

श्रीलङ्काले अत्यावश्यक बाहेकका गाडीहरूलाई पेट्रोलियम पदार्थ बिक्री बन्द गरेको छ । खराब आर्थिक सङ्कट भोगिरहेको श्रीलङ्काले जुलाई १० तारिखसम्मका लागि सार्वजनिक बस, रेल, चिकित्सा सेवा र खाद्यान्न ढुवानीका लागि प्रयोग हुने गाडीलाई मात्र पेट्रोल भर्न दिने घोषणा गरेको बीबीसीले जनाएको छ । 

यस्तै सहरी क्षेत्रका सबै विद्यालय बन्द भएका छन् । सरकारी अधिकारीहरूले दुई करोड २० लाख जना मानिसलाई घरबाटै काम गर्न भनेका छन् । श्रीलङ्का अहिले इन्धन, खाद्यान्न, औषधिजस्ता वस्तुको आयातको रकम तिर्न सङ्घर्ष गरिरहेको छ ।

श्रीलङ्काको मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुनेवर्देनाले देश खराब आर्थिक सङ्कटमा रहेकाले अबको दुई हप्ता निजी गाडी तथा अत्यावश्यकबाहेकका सबै गाडीलाई पेट्रोल बिक्री बन्द गरेको जानकारी दिनुभएको बीबीसीले जनाएको छ । 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया