पर्खाल भत्किँदा भक्तपुरमा एक जनाको ज्यान गयो

 असार १५, २०७९ बुधबार २०:४:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – भक्तपुरमा घरको पर्खाल भत्किँदा एकजनाको ज्यान गएको छ । सूर्यविनायक नगरपालिका–१० चित्तपोलमा कान्छा श्रेष्ठको आँगनमा लगाइएको १२ फिट अग्लो कच्ची पर्खाल भत्किँदा बाटोमा हिँडिरहेकी ६६ वर्षीया नारायणदेवी थापाको ज्यान गएको हो ।

लगातारको वर्षाका कारण माटो जमिन कमजोर भएर पर्खाल भत्किएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: फागुन २७, २०८०

तपाईको प्रतिक्रिया