तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ब्युँताउन माधव नेपालको प्रस्ताव
जेठ २७, २०८० शनिबार
काठमाण्डाै - नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसाेसिएशनले उधारो कारोबार बन्द गर्न सम्पूर्ण पेट्रोलियम बिक्रेतालाई आग्रह गरेको छ ।
बिक्रेताले विभिन्न व्यक्ति, फर्म, कम्पनी तथा कार्यालयहरुसँग उधारोमा समेत कारोबार गर्ने गरेको र त्यो रकम सम्बन्धित पेट्रोल पम्पलाई चुक्ता नगरि पुनः अर्को पेट्रोल पम्पबाट खरिदकर्ताले पुनः उधारो लिने गरेको पाइएकोतर्फ ध्यानाकर्षण भएको एसाेसिएशनले जनाएको छ ।
एसाेसिएशनको केन्द्रीय कार्यसमितिको बैठकले पेट्रोलियम पदार्थको खरिद अग्रिम नगद भुक्तानी गरेर मात्र हुने भएकाले बिक्रीवितरण पनि नगदमा गर्न/गराउन अनुरोध गरेको छ । साथै यसअघि उधारोमा कारोबार गरेका खरिदकर्तासहित कसैलाई पनि आउँदो आर्थिक वर्षदेखि उधारोमा कारोबार नगर्न/नगराउन सचेत गराएको छ ।
उधारो नतिरेर अर्को पम्पबाट पुनः उधारोमा कारोबार गर्ने वा लामो समयसम्म उधारो नगर्ने खरिदकर्ता व्यक्ति, फर्म, कम्पनी तथा कार्यालयहरुको विवरण एक महिनाभित्र एसाेसिएशनमा उपलब्ध गराउन सदस्य बिक्रेतालाई सूचित गरेको छ ।
पछिल्लो पटक पेट्रोलियम पदार्थको मूल्य बढेको हुँदा कारोबार नियमित गर्न नगद आवश्यक परेको र बिक्रेताको लगानीको अनुपातमा प्रतिफल न्यून रहेको भन्दै एसाेसिएशनले पम्पको बाँकी बक्यौता चुक्ता नगरेसम्म कालो सूचीमा राख्ने चेतावनी समेत दिएको छ ।