दक्षिण एसियामा साझा मुद्रा बनाएर अगाडि बढ्ने : गभर्नर अधिकारी

 असार १८, २०७९ शनिबार १३:०:२ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दक्षिण एसियामा साझा मुद्राको अवधारणामा जानुपर्ने बताउनुभएकाे छ ।

नेपाल बैंकर्स एसोसिएसनको गण्डकी प्रदेशले आयोजना गरेको केन्दीय बैंक डिजिटल करेन्सी तथा मौद्रिक नीतिबारे छलफल कार्यक्रममा गभर्नर अधिकारीले दक्षिण एसियाको साझा मञ्चमा आफूले यो बारेमा प्रस्ताव गरेर सबै देशले अध्ययन थालेको बताउनुभयाे । उहाँले नेपालले आफूले गर्नु पर्ने अध्ययन सकिसकेको पनि बताउनुभयाे । यस्तै केन्द्रीय बैंक डिजिटल मुद्रामा जानुपर्नेमा पनि उहाँले जाेड दिनुभयाे ।

'कतिपय देशले डिजिटल बैंकको अनुमति समेत दिन थालिसकेको छ, डिजिटल मुद्राबाट हतास हुनुपर्ने अवस्था आउँदैन', उहाँले भन्नुभयाे, 'अहिले विश्वमा करिब ९० देशमा भन्दा बढी देशले अध्ययन गरिरहेको छन् । डिजिटल मुद्राको अवधारणामा केन्द्रीय बैंक पनि क्रमिक रूपमा जानेछ ।'

डिजिटल करेन्सीको प्रविधि निर्माण गर्न निजी क्षेत्रको सहयोग आवश्यक रहने तर यसकाे विश्वसनियता जोगाउनु चुनौतीपूर्ण रहेको उहाँकाे भनाइ छ । यस्तै पछिल्लो समय नोटको कारोबार घट्दै गएको र राष्ट्रबैंकको तथ्यांक अनुसार कात्तिकयता एक खर्बले घटिसकेको जानकारी दिनुभयाे ।

गर्भनर अधिकारीले अर्थतन्त्रका बारेमा उद्योगी व्यवसायी राम्रोसँग जानकार रहेको बताउँदै  अहिलको अवस्थाबाट मुक्त हुन सबै सचेत हुनुपर्ने बताउनुभयाे । निरन्तर घाटामा भएको भुक्तानी सन्तुलन, चालू खाता घाटा र विदेशी मुद्रामा परेको चापलाई हेरेर मौद्रिक नीतिको तयारीमा केन्द्रीय बैंक रहेको पनि उल्लेख गर्नुभयाे ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

1 Comments

  • Dhama Paudyal

    July 2, 2022, 2:57 p.m.

    सबैले इन्डियाको दादागिरि र आर्थिक आधिपत्य स्विकार्ने हो भने मात्र यो सम्भब छ। तयस्मा पनि हाम्रो जस्तो पूर्णत आयात मा भर पर्ने आफ्नो उत्पादन छिटो छिटो घट्दै गएको देश मा त्यो घातक हुन सक्छ। एउटा गैर्ह राजनितिक गैर्ह प्रत्यक्ष आर्थिक संस्था SAARC लाइ सफल गराउन नसकेको बेला मा फेरि common currency? युरोप जस्तो ठाउमा त अ मेरिका र बेलायत मिलेर् युरो लाइ असफल बनाउन हर् प्रयत्न हुदैछ। हाम्रो जस्तो आर्थिक स्तर मा यति ठुलो अन्तर भएका देश मा त्यो संभब छैन।

  •  0 Reply

तपाईको प्रतिक्रिया