सरकार कमिसनकाे चक्करमा लागेका कारण मल आउन सकेन : राष्ट्रिय सभा सदस्य श्रेष्ठ

 असार २०, २०७९ सोमबार १४:३७:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले सरकार कमिसनको चक्करमा लागेका कारण रासायनिक मल आउन नसकेको बताउनुभएको छ । 

आज सोमवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले सरकार कमिसनको चक्करमा लागेका कारण विदेशबाट रासायनिक मल ल्याउन नसकेको बताउनुभएको हो । मल र बिउ समयमै ल्याउँदा उत्पादन वृद्धि हुने र नेपाल आत्मनिर्भर हुने उल्लेख गर्दै उहाँले विदेशको कृषिजन्य उपज प्रतिस्थापन हुने भएकाले सरकारले त्यसो गर्न नचाहेको बताउनुभयो । 

मन्त्रीहरू मल लिनका लागि भनेर विदेश गए पनि त्यहाँ गएर भूमाफियाहरूको कमिसनमा डुबेर आउने गरेको र मल छिट्टै आउँछ भनेर जनतालाई ढाँट्ने गरिएको उहाँकाे भनाइ छ । उहाँले भन्नुभयो, ‘कमिसनको चक्करमा यो सरकार फसेको छ । नेपालमा धान उत्पादनको निम्ति मल, बिउ समयमै ल्याइँदा नेपालमा उत्पादन वृद्धि हुन्छ, नेपाली जनता आफैँमा आत्मनिर्भर हुन्छन् र कृषिजन्य उपजहरू नेपालमा आयात हुने क्रम घट्दै जान्छ । तर सरकार कमिसनकाे चक्करमा यसाे गर्न चाहँदैन । मन्त्रीज्यूहरू मल ल्याउने भन्दै विदेश जान्छन् तर कमिसनको चक्करमा डुबेर आउँछन् अनि सदनमा उभिएर मल चाँडै आउँछ भनेर जनतालाई ढाट्छन् ।’

राष्ट्रिय सभा सदस्य श्रेष्ठले वर्तमान सरकार देश र नागरिकप्रति बफादार नभएको भन्दै सरकार रहुन्जेल देशलाई बरबादीमा पुर्‍याउने तर्क गर्नुभयाे । याे सरकारको छिटोभन्दा छिटो बहिर्गमनको आवश्यकता रहेको उहाँकाे भनाइ थियाे । 

अन्तिम अपडेट: असार ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया