बेलायती प्रधानमन्त्रीकाे कार्यशैलीप्रति चर्को आलोचना, तत्काल पद नछाड्ने अडान

 असार २३, २०७९ बिहिबार ६:३९:३९ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

बेलायतमा राजनीतिक सङ्कट गहिरिएको छ । अर्थमन्त्री ऋषि सुनाक र स्वास्थ्यमन्त्री साजिद जाविदले राजीनामा दिनुभएको छ । उहाँहरुले प्रधानमन्त्री बोरिस जोनसनको कार्यशैलीप्रति चर्को आलोचना समेत गर्नुभएको छ ।

सुनाक र जाविदसँगै अरु ६ जना मन्त्रीले पनि राजीनामा दिएका छन् । तर प्रधानमन्त्री जोनसनले पद नछाड्ने अडान राख्नुभएको छ । उहाँले सन् २०१९ को चुनावले दिएको जनादेश आफूसँग रहेको भन्दै मन्त्रीहरु परिवर्तनले जनादेश नगुम्ने बताउनुभएको बीबीसीले जनाएको छ ।

सत्तारुढ दल कन्जरभेटिभ भित्रै प्रधानमन्त्री जोनसनको विकल्प खोज्न यसअघि ल्याइएको अविश्वास प्रस्ताव विफल भएको थियो । अहिलेको नियम अनुसार उहाँले एक वर्षका लागि अर्को त्यस्तो चुनौतीको सामना गर्नुपर्ने छैन । तर अर्को अविश्वास प्रस्तावका लागि पार्टीको विधान परिवर्तन गर्ने प्रयास भइरहेको छ।

बीबीसीसँगको एक अन्तर्वार्तामा प्रधानमन्त्री जोनसनले क्रिस पिन्चरविरुद्ध लागेका यौन दुर्व्यवहारसम्बन्धी आरोपबारे जानकारी हुँदाहुँदै पनि आफूले सहायक प्रमुख सचेतक नियुक्त गर्नु गल्ती भएको स्वीकार गर्नुभएको छ । जोनसनले गल्ती स्वीकार गरेपछि राजनीतिले नयाँ मोड लिएको हो।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया