शिन्जाे आबेको निधनमा नेपालमा आज राष्ट्रिय शोक मनाइँदै

 असार २५, २०७९ शनिबार ९:३१:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जापानका पूर्व प्रधानमन्त्री शिन्जाे आबेको निधनमा आज नेपाल सरकारले राष्ट्रिय शोक मनाउँदैछ ।

हिजो बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले आबेको सम्मानमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । नेपाल सरकारले आबेको निधनप्रति गहिरो दुःख प्रकट गर्दै आबेको परिवार र जापानी नागरिकप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।

छिमेकी देश भारतले पनि आबेको निधनमा आज राष्ट्रिय शोक मनाउँदैछ । जापानको नारा सहरमा आयोजित चुनावी सभामा भाषण गर्दैगर्दा उहाँमाथि गोली प्रहार भएको थियो ।

गोली प्रहारबाट गम्भीर घाइते भएका ६७ वर्षीय आबेको हिजो निधन भएको हो । आबेले जापानमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्रीको पद समाल्नु भएको थियो ।

अन्तिम अपडेट: असार ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Deepak Sherchan

    July 9, 2022, 9:48 a.m.

    🌺Rest in peace!, the Mr. Abe of Japan🙏🌺🙏🌺🙏🌺.

  •  0 Reply

तपाईको प्रतिक्रिया