‘विश्वभर नेपाली क्रिकेटको मार्केटिङ भइरहेको छ, लगानी गर्दा घा...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान छाओले चिनियाँ राष्ट्रपति एवम् पार्टीका महासचिव सी जिनपिङले घोषणा गरेको 'चीन सरकार दक्षिण सहयोग सहायता कोष' ले नेपालको विकासमा सहयोग पुग्ने बताउनुभएको छ । दक्षिण सहयोग सहायता कोष स्थापना गर्ने घोषणा गरिसकिएको उल्लेख गर्दै उहाँले यस कोषले नेपालसहितका देशलाई विकासको क्षेत्रमा महत्त्वपूर्ण सहयोग पुग्ने बताउनुभएको हो ।
प्रमुख छाओले चिनियाँ कम्युनिस्ट पार्टीले नेपाल र चीन दुई देशबीचको सामाजिक सङ्गठनमा धेरै सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, ‘चीन र नेपालबीचको युगौँयुगदेखिको आधार धेरै बलियो छ । दुई देशबीचको सम्बन्धको भविष्य उज्यालो छ । मैले आज बिहान बीपी कोइरालाको इतिहास हेरेँ अनि नेपाल र चीनबीचका पुराना नेता र सम्बन्धको ऐतिहासिक कुरा पढेँ । हाम्रो पार्टीका महासचिव सी जिनपिङले चिनियाँ सरकार दक्षिण सहयोग सहायता कोष स्थापना गर्ने घोषणा गर्नुभएको छ । त्यसैले यो सानो परियोजनाले पनि यस कोषको समर्थन पाउँछ भन्ने आसा छ ।’
आज सोमवार काठमाण्डाैकाे वसन्तपुरमा आयोजित नेपाल स्माइलिङ चिल्ड्रेन प्रोजेक्टको उद्घाटन गर्दै विदेश विभाग प्रमुख लिउले बालबालिकाहरू खुसी भएमात्रै स्वस्थ रहन सक्ने उल्लेख गर्दै राम्रो अध्ययनका लागि उनीहरू स्वस्थ र खुशी हुन आवश्यक रहेकाे बताउनुभयो । उहाँले आजका बालबालिका नै भविष्यका नेपाल र चीनका मित्रताका परिपूरक भएको उल्लेख गर्नुभयो ।
उहाँले नेपाली बालबालिकाहरूलाई चीन भ्रमणमा आउन पनि आग्रह गर्नुभयो । प्रमुख लिउले चीनमा आएका नेपाली बालबालिकाहरूलाई स्वागत गर्न पाए आफूले झनै खुसी अनुभव गर्ने र चिनियाँ बालबालिकाहरूसँग भेटघाट गराउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा ऊर्जा जलस्राेत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपाल–चीनबीच अन्तरदेशीय क्रस बोर्डर ट्रान्समिशन लाइन निर्माण गरी स्वच्छ ऊर्जा व्यापारमा सहकार्य हुने विश्वास राखेको बताउनुभयाे । उहाँले लामो समयदेखि चीनले नेपाललाई आर्थिक, प्राविधिक सहयोग गर्दै आएको उल्लेख गर्नुभयाे ।
मन्त्री भुसालले चीनले नेपालका सांस्कृतिक सम्पदा पुनर्निर्माणमा सहयोग गरेको उल्लेख गर्दै नेपालको विकासका लागि चीनको सहयोग आवश्यक रहेको बताउनुभयो । चीनले नेपालको औद्योगिकीकरण र आर्थिक विकासमा महत्त्वपूर्ण सहयोग गर्ने विश्वास लिएको पनि उहाँकाे भनाइ थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।