श्रीलङ्कामा नयाँ राष्ट्रपति जुलाई २० मा चयन हुने

 असार २७, २०७९ सोमबार २०:१७:६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी, फाइल फाेटाे

सहरी विकास तथा आवासमन्त्री प्रसन्न रानातुङ्गाले श्रीलङ्कामा नयाँ राष्ट्रपति जुलाई २० मा चयन हुने बताउनुभएकाे छ । 

जुलाई १३ मा वर्तमान राष्ट्रपति गोटाबाया राजापाक्षेले राजीनामा दिएमा पार्टीका नेताहरूले जुलाई २० मा नयाँ राष्ट्रपति चयन गर्ने निर्णय गरेको आवासमन्त्री रानातुङ्गाले बताउनुभएकाे छ । पार्टीले निर्णय गरेअनुसार जुलाई १३ मा राष्ट्रपतिले राजीनामा दिएमा प्रक्रिया त्यसैअनुसार अगाडि बढ्ने उहाँले भन्नुभएकाे छ ।  

गएकाे शनिवार फोर्टमा रहेको राष्ट्रपति भवनमा हजाराैँ प्रदर्शनकारी प्रवेश गरेपछि यहाँको राजनीतिक घटनाक्रम नयाँ ढङ्गले विकास भएको हो । तीव्र विरोध र प्रदर्शनका बीच प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पदबाट राजीनामा दिने घोषणा गर्नुभएकाे छ । राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जामा लिएका प्रदर्शनकारीहरूले भने देशको बिग्रँदै गएको आर्थिक अवस्थाले तनाव बढाएको  र राजनीतिक नेतृत्व त्यसका निम्ति जिम्मेवार रहेको बताएका छन् । पछिल्ला केही हप्ता इन्धन पसलहरूमा सर्वसाधारण र प्रहरीबीच थुप्रै झडप भएको समाचारहरू आएका छन्  ।

श्रीलङ्का सन् १९४८ स्वतन्त्रता प्राप्त गरेपछिको यस पटक सबैभन्दा खराब आर्थिक सङ्कटबाट गुज्रिरहेको छ । राष्ट्रपति गोटाबाया राजापाक्षेले औपचारिक रूपमा प्रधानमन्त्री विक्रमासिङ्घेलाई आफ्नो पदबाट राजीनामा दिन लागेको बताउनुभएकाे छ । 

तेल आपूर्ति अभावले विद्यालय र सरकारी कार्यालयहरू अर्को सूचना नभएसम्म बन्द गरिएका छन् । श्रीलङ्कामा इन्धन अभावका बीच थुप्रै क्षेत्रमा आपत्कालीन एम्बुलेन्स सेवासमेत निलम्बित गरिएको छ ।

आर्थिक सङ्कटले विशेष गरी खाद्य सुरक्षा, कृषि, जीविकोपार्जन र स्वास्थ्य सेवामा पहुँचलाई प्रत्यक्ष असर गरेको छ । 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया