सुनसरीमा जीपले ठक्कर दिँदा साइकलयात्रीको ज्यान गयो

 असार ३०, २०७९ बिहिबार ८:५१:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी - सुनसरीमा जीपले ठक्कर दिँदा साइकलयात्रीको ज्यान गएको छ। 

बराहक्षेत्र नगरपालिका–३ भरौलीमा गएराति जीपले साइकललाई ठक्कर दिँदा बराहक्षेत्र–५ सिमरवनका ५५ वर्षीय दुखीलाल धामीको ज्यान गएको हो । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार काे १ च ७७९१ नम्बरको जीपले धामी चढेकाे साइकललाई ठक्कर दिएको थियाे । 

गम्भीर घाइते भएका धामीको उपचारका क्रममा ज्यान गएकाे प्रहरीले जनाएको छ । ठक्कर दिने जीपका चालक उदयपुरको बेल्टार–७ का ४३ वर्षीय समिर ओझालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया