सुत्केरी र जुम्ल्याहा शिशुलाई हेलीकोप्टरमार्फत उद्धार

 असार ३२, २०७९ शनिबार १७:३३:३९ | दमन राई
unn.prixa.net

फाइल तस्बिर

खोटाङ – स्वास्थ्यमा समस्या देखिएपछि खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी ३० वर्षीया सुत्केरी उर्मिला बिक र नवजात शिशुलाई हेलीकोप्टरमार्फत अस्पताल लगिएको छ ।

जिल्ला अस्पताल दिक्तेलमा शुक्रबार राति शल्यक्रिया गरेर सुत्केरी भएकी उर्मिला र जुम्ल्याहा शिशुको स्वास्थ्यमा जटिल समस्या निम्तिएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हवाई सेवाबाट खर्च बेहोर्ने गरि शनिबार हेलीकोप्टरमार्फत काठ्माण्डौ लगिएको हो । 

समयभन्दा पहिल्यै ३० हप्तामै बच्चा जन्मिएकाले नवजात शिशुको तौल कम भएकाले आईसीयूमा राख्नुपर्ने अवस्था देखिएको र सुत्केरीको स्वास्थ्यमा पनि समस्या देखिएपछि अन्त रेफर गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख डा. नितु लामाले बताउनुभयो । सुत्केरी तथा नवजात शिशुलाई प्रसूति गृह थापाथली लगिएको छ । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया