माओवादी अध्यक्ष प्रचण्ड र भाजपा अध्यक्ष नड्डाबीच भेटवार्ता

 साउन १, २०७९ आइतबार १३:३१:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारत भ्रमणमा रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता भएको छ । 

नयाँ दिल्लीमा रहेकाे भारतीय जनता पार्टीको केन्द्रीय कार्यालयमा भएको भेटमा दुई पार्टीको सम्बन्ध विस्तार र आपसी हितका बारेमा छलफल भएको थियो । माओवादी केन्द्रका अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले उहाँहरूबीच भेटवार्ता भएको जानकारी दिनुभयो । 

भेटवार्तामा भारतीय विदेशमन्त्री एस जयशङ्कर पनि उपस्थित हुनुहुन्थ्यो । अध्यक्ष दाहालले हिजाे शनिवार भारतीय विदेशीमन्त्री जयशङ्कर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटवार्ता गर्नुभएको थियो । 

यस्तै भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख विजय चौथाइवाले अध्यक्ष रहनुभएको 'फाउन्डेन फर पब्लिक अवारनेस एन्ड पोलिसी' ले आयोजना गरेको ‘भारत–नेपाल सम्बन्ध’ विषयक कार्यक्रमलाई अध्यक्ष दाहालले सम्बोधन गर्नुभएको थियो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया