खोटाङको रावाबेसीमा विद्युत् महसुल ३० रुपैयाँले घटाउने निर्णय

 साउन ३, २०७९ मंगलबार ९:४७:१४ | दमन राई
unn.prixa.net

खोटाङ - खोटाङको रावाबेसी गाउँपालिकामा सञ्चालित सामुदायिक विद्युत् वितरण केन्द्रले विद्युतको मासिक महसुल घटाएको छ । 

सामुदायिक विद्युत् वितरण केन्द्र दुवेकोलले विद्युतको मासिक ८० रुपैयाँ महसुल उठाउँदै आएकोमा ३० रुपैयाँले महसुल घटाएको हो । 

सामुदायिक विद्युत् वितरण केन्द्रका अध्यक्ष लिलानाथ निरौलाको अध्यक्षतामा दुवेकोलमा बसेको बैठकले १ साउनदेखि लागू हुने गरी मासिक ५० रुपैयाँका दरले महसुल उठाउने निर्णय गरेको हो । 

सामुदायिक विद्युत् वितरण केन्द्रबाट रावाबेसी गाउँपालिकाको कुभिन्डे, डुम्रेधारापानी र दुवेकोल तथा ऐँसेलुखर्क गाउँपालिकाको ज्यामिरे र महेश्वरीका सेवाग्राहीले विद्युत् उपभोग गर्दै आएका छन् । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया