प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएको ८ दिन बितिसक्दा पनि म...
चैत १३, २०७९ सोमबार
खोटाङ - खोटाङको रावाबेसी गाउँपालिकामा सञ्चालित सामुदायिक विद्युत् वितरण केन्द्रले विद्युतको मासिक महसुल घटाएको छ ।
सामुदायिक विद्युत् वितरण केन्द्र दुवेकोलले विद्युतको मासिक ८० रुपैयाँ महसुल उठाउँदै आएकोमा ३० रुपैयाँले महसुल घटाएको हो ।
सामुदायिक विद्युत् वितरण केन्द्रका अध्यक्ष लिलानाथ निरौलाको अध्यक्षतामा दुवेकोलमा बसेको बैठकले १ साउनदेखि लागू हुने गरी मासिक ५० रुपैयाँका दरले महसुल उठाउने निर्णय गरेको हो ।
सामुदायिक विद्युत् वितरण केन्द्रबाट रावाबेसी गाउँपालिकाको कुभिन्डे, डुम्रेधारापानी र दुवेकोल तथा ऐँसेलुखर्क गाउँपालिकाको ज्यामिरे र महेश्वरीका सेवाग्राहीले विद्युत् उपभोग गर्दै आएका छन् ।
खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।