भारतीय स्थल सेनाध्यक्ष नेपाल भ्रमण सकेर स्वदेश फिर्ता
मंसिर ९, २०८१ आइतबार
रुसले क्राइमिया क्षेत्रलाई आफ्नो कब्जामा लिन बनाएको रणनीतिलाई प्रयोग गरेर थप युक्रेनी भूभागलाई आफ्नो देशमा गाभ्ने योजना बनाएको अमेरिकाले दाबी गरेको छ ।
अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले गुप्तचर निकायलाई उद्धृत गर्दै रुसले यूक्रेनको भूभाग कब्जा गर्नका लागि आधार तयार पारिसकेको बताउनुभएको छ । रुसले यूक्रेनमा कब्जा गरेका क्षेत्र गाभ्ने विषयबारे सेप्टेम्बर लगत्तै ‘फर्जी’ जनमत सङ्ग्रह गर्न सक्ने पनि उहाँको दाबी रहेको बीबीसीले जनाएको छ ।
रुसले अवैध रूपमा युक्रेनमा रुस समर्थक अधिकारीहरू तयार पारेको पनि अमेरिकाको आरोप छ । रुसले आफूमा बिलय गर्नका लागि लक्षित क्षेत्रहरूमा खेरसन, जापोरिज्जिया, डोनेट्स्क र लुहान्स्क समावेश रहेको र जनमत सङ्ग्रह गराउने उद्देश्यका साथ तयारी गरेको किर्बीको भनाइ छ । सन् २०१४ मा जनमत सङ्ग्रहपछि रुसले यूक्रेनको क्राइमियालाई आफ्नो क्षेत्रमा गाभेको थियो । रुसले आफ्नो कब्जामा लिएको युक्रेनी क्षेत्रहरूमा यसअघि नै आफ्नै क्षेत्रीय र स्थानीय अधिकारीको कार्यालय स्थापना गरिसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।