चितवनकाे इच्छाकामनामा बस र माइक्रो ठाेक्किँदा एक जनाकाे ज्यान गयाे

 साउन ६, २०७९ शुक्रबार ९:७:२० | रासस
unn.prixa.net

तस्बिर : रासस

चितवन - पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा दुईवटा गाडी ठोक्किँदा एक जनाको ज्यान गएकाे छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हिजाे बेलुका काठमाण्डौबाट बझाङका लागि छुटेकाे ना ६ ख १३४० नम्बरकाे बस र भैरहवाबाट काठमाण्डाैका लागि छुटेकाे लु २ ख ३५०२ नम्बरकाे माइक्रो ठाेक्किँदा एक जना पुरुषको ज्यान गएकाे हाे । उनकाे नयाँ मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएकाे हाे । ज्यान गुमाउने पुरुषकाे परिचय खुलेकाे छैन । 

दुर्घटनामा दुवै गाडीका गरी १७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो । 

घाइतेमध्ये पाँच जनाको नयाँ मेडिकल कलेज भरतपुर र १२ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया