माेरङमा ट्रेलरले माेटरसाइकललाई ठक्कर दिँदा दुई जनाकाे ज्यान गयाे

 साउन ६, २०७९ शुक्रबार १०:४८:५ | रासस
unn.prixa.net

माेरङ - माेरङकाे बूढीगङ्गा गाउँपालिका–२ गङ्गाचोकमा ट्रेलरले माेटरसाइकललाई ठक्कर दिँदा दुई जनाकाे ज्यान गएकाे छ ।

आज बिहान विराटनगरबाट इटहरीका लागि छुटेकाे भारतीय नम्बर प्लेटकाे ट्रेलरले माेटरसाइकललाई ठक्कर दिँदा चालक केराबारी गाउँपालिका–७ का २७ वर्षीय हर्क परियार र माेटरसाइकलकाे पछाडि बसेका २१ वर्षीय भीमबहादुर राईको ज्यान गएकाे हाे ।

एफआर ३८ एफ २२१० को ट्रेलर गाडीले को ३० प ९१०३ नम्बरकाे मोटरसाइकललाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिनुभयाे । 

दुर्घटनामा गम्भीर घाइते भएका परियार र राईकाे उपचारका क्रममा विराट शिक्षण अस्पतालमा ज्यान गएकाे थियाे । 

प्रहरीले ट्रेलर र ट्रेलर चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेकाे जनाएकाे छ। 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया