प्रिमियर लिगमा आज लिभरपुल र साउथह्याम्टन तथा युनाईटेड र इपस्व...
मंसिर ९, २०८१ आइतबार
ओमानले अब दुई सय भन्दा बढी कामको लागि आप्रवासी श्रमिक भर्ती नगर्ने भएको छ । आफ्नो देशभित्र रोजगारीको क्षेत्रलाई ओमानीकरण गर्ने नयाँ रणनीतिसँगै यस्तो निर्णय गरेको हो ।
ओमानका श्रम मन्त्रीले निर्णय नम्बर २३५/२०२२ जारी गर्दै केही निश्चित व्यवसायमा आफ्ना नागरिक भर्ती गर्ने योजनाअनुरुप यो नियम चालेको गल्फ न्युजले जनाएको छ । यो निर्णयको सुरुमै आप्रवासी श्रमिकलाई २०७ प्रकारका काम गर्न प्रतिबन्ध लगाइने तर करार अवधि नसकिएसम्म आफूले गरिरहेको काम भने गर्न मिल्ने उल्लेख छ । अब ओमानले सुरक्षा गार्ड, अपरेटर, ग्रोसरी, कार बस ड्राइभर, सेल्समेन, स्टोर सुपरभाइजर, म्यानेजर लगायत दुई सय सात प्रकारका काममा विदेशी श्रमिक भर्ती नगर्ने गल्फ न्युजले जनाएको छ ।
यो निर्णय चाँडै नै राजपत्रमा सूचना प्रकाशित भएको पछिल्लो दिनदेखि नै लागू हुने जनाइएको छ । ओमानको शाही आदेश नम्बर ३५/२००३ र ८९/२०२० मा आधारित रहेर यस्तो निर्णय गरिएको हो । ओमानले पहिलेदेखि नै यसबारे अभ्यास गर्दै आएको थियो । सन् २०१८ मा पनि ओमान सरकारले विभिन्न १० क्षेत्रका ८७ प्रकारका कामको लागि आप्रवासी कामदार ल्याउन प्रतिबन्ध लगाएको थियो ।
सन् २०२२ मा आफ्ना ३५ हजार नागरिकलाई जागिर दिने ओमानको लक्ष रहेको छ । नयाँ भर्ती र आप्रवासीले गर्दै आएका काममा आफ्ना नागरिकलाई स्थानान्तरण गरेर रोजगारीमा लगाउने योजना रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।