रुसले कब्जा गरेका क्षेत्र फिर्ता नगरेसम्म युद्धविराम नहुने युक्रेनी राष्ट्रपति जेलेन्स्कीको भनाइ

 साउन ७, २०७९ शनिबार १४:१३:५३ | एजेन्सी
unn.prixa.net

युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसले कब्जा गरेका क्षेत्र फिर्ता नगरेसम्म युद्धविराम नहुने बताउनुभएको छ । द वाल स्ट्रीट जर्नलसँगको कुराकानीमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसले कब्जा गरेका क्षेत्र फिर्ता नगरीकनै युद्धविराम गर्दा उसलाई झनै सहज हुने ।

उसको जित जस्तै मानिने भएकाले युक्रेनको सबै भूमि फिर्ताविना युद्धविराम हुन नसक्ने बताउनुभएको छ । युद्धविरामको फाइदा उठाएर रुसले युद्धको थप तयारी गर्ने र पुनः आक्रमण थाल्ने भएकाले भरपर्दो सम्झौताविना युद्धविराम गर्न नहुने पनि जेलेन्स्कीको भनाई छ । विभिन्न बहानाबाजी गर्दै रुसले तत्कालीन सोभियत संघमा आबद्ध राज्यलाई आफ्नो नियन्त्रणमा लिने कोसिस गरिरहेको भन्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसमाथि विश्वभरबाट दवाब र प्रतिबन्ध नलगाएमा विश्वकै लागि रुसका गतिविधि खतरनाक बन्दै जाने पनि दाबी गर्नुभयो ।

गएको फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण थालेयता दुवै देशका हजारौँ सैनिक मारिएका छन् । युक्रेनबाट लाखौँ नागरिक शरणार्थीको रुपमा युरोपका विभिन्न देशमा पुगेका छन । खबौँ डलर बराबरका लडाकु विमान, मिसाइल र आधुनिक हतियार पनि नष्ट भएका छन् ।  
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया