यूएस–इन्डो प्यासिफिक कमाण्डले गर्ने सम्मेलनमा भाग लिन प्रधानसेनापति शर्मा आज अष्ट्रेलिया जाँदै

 साउन ७, २०७९ शनिबार १४:४१:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधान सेनापति प्रभुराम शर्मा आजदेखि अष्ट्रेलिया भ्रमणमा जाँदै हुनुहुन्छ । पर्सि ९ देखि ११ गतेसम्म अष्ट्रेलियाको डिफेन्स फोर्सको संयोजनमा यूएस इन्डो प्यासिफिक कमाण्डले गर्ने एसिया प्रशान्त क्षेत्रका सेनापतिहरुको सम्मेलनमा भाग लिन सेनापति शर्मा आज बेलुका अष्ट्रेलिया प्रस्थान गर्न लाग्नुभएको हो ।

यो सम्मेलनमा नेपाली सेनाले विक्रम सम्बत् २०५६ सालदेखि सहभागिता जनाउँदै आएको छ । सम्मेलनमा विद्यमान अन्तर्राष्ट्रिय सुरक्षा एवं आपसी सहयोगका पक्षलाई समेटी सुरक्षाका विविध विषयमा छलफल हुनेछ । यस्तै, सहभागी विभिन्न देशका सेनापति बीच अन्तर्राष्ट्रिय सुरक्षा वातावरण, प्रविधि, रणनीतिक सोच लगायका विषयमा छलफल, अन्तरक्रिया र विचार आदान प्रदान हुने नेपाली सेनाले जनाएको छ ।

यस्ता छलफल  र अन्तरक्रियाबाट सहभागी राष्ट्रका सेना र नेपाली सेनाबीच आपसी सम्बन्ध र सद्भावमा थप विस्तार भएर सैनिक कुटनीतिमार्फत नेपालको परराष्ट्र नीतिलाई समेत सकारात्मक योगदान पुग्ने सेनाको दाबी छ । प्रधान सेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कायम मुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्नुहुनेछ । 
 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया