ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
कैलाली – कैलालीको धनगढीमा मर्यादित महिनावारीका लागि तीन दिनदेखि सञ्चालित धामी झाँक्री सम्मेलन १४ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
सम्मेलनले मर्यादित महिनावारी वातावरण निर्माण गर्न धामी झाँक्रीहरूले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने तथ्यलाई मध्यनजर गरी महिनावारीमा भेदभाव गर्ने, छुवाछुत गर्ने कु–प्रथाको अन्त्य गरी महिनावारीलाई मर्यादित बनाउनुपर्ने घोषणा गरेको छ ।
महिनावारीको रगत पवित्र र सृष्टिको आधार भएकाले यसलाई मर्यादित बनाउन सबैको जिम्मेवारी महत्त्वपूर्ण जनाउँदै धामी झाँक्रीले महिनावारी अवस्थामा रहेका किशोरी र महिलालाई छुवाछुत नगरि उचित सम्मान प्रकट गर्न विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
समाजमा हरेक किशोरी र महिलालाई सम्मानपूर्वक जीवनयापन गर्ने वातावरण सिर्जना गर्न कुनै पनि किसिमको लैङ्गिक भेदभाव नगरि मर्यादित महिनावारीमैत्री पारिवारिक वातावरण तयार गर्दै जाने अग्रसरता लिने घोषणापत्रमा उल्लेख गरिएको छ ।
घोषणापत्रमा घर–परिवारमा मर्यादित महिनावारीमैत्री बनाउन किशोरी, महिलालाई महिनावारी हुने पाँच दिन र महिनावारी नहुने २५ दिन समान व्यवहार कार्यान्वयन गर्नुपर्ने उल्लेख छ ।
धामी–झाँक्रीसँग हेराउन आएका व्यक्तिमा आत्मविश्वास बढाउनका लागि मर्यादित महिनावारीका बारेमा सूचित गर्ने, महिनावारीको समयमा पोषण, आवास, सरसफाइ, स्वास्थ्य, शिक्षा, सहभागिताका लागि सकारात्मक सहयोग गर्ने, महिनावारी भएको समयमा पनि किशोरीलाई विद्यालय जान प्रोत्साहित गर्नुपर्ने घोषणापत्रमा भनिएको छ ।
कार्यक्रममा सुदूर पश्चिम प्रदेशका अर्थ राज्यमन्त्री अमरबहादुर साउदले मर्यादित महिनावारीका लागि धामी झाँक्री सम्मेलनले जारी गरेको घोषणापत्र कार्यान्वयन गर्न प्रदेश सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले महिनावारी भएको बेला हुने विभेद बिस्तारै कम हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।
छाउपडी अर्थात् महिनावारीप्रति समाजले हेर्ने दृष्टिकोण फेर्नका लागि एक व्यक्ति लाग्नुभन्दा पनि सबैको भूमिका महत्त्वपूर्ण रहेको उहाँको भनाइ थियो । सम्मेलनमा सुदूरपश्चिमको बाजुरा, डोटी, कैलाली, अछाम र कर्णाली प्रदेशको मुगु जिल्लाका धामी झाँक्री तथा जनप्रतिनिधिको सहभागिता रहेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।