मेची राजमार्ग अन्तर्गत पाँचथरको पाङ्ग्रेभिर खण्ड जोखिमपूर्ण

 साउन ८, २०७९ आइतबार ८:२९:४८ | रासस
unn.prixa.net

पाँचथर - मेची राजमार्ग अन्तर्गत पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पाङ्ग्रेभिर खण्ड जोखिमपूर्ण बनेको छ ।

पहिरो झरेर सडकभन्दा माथि थुप्रो लागेको छ भने जमिन नै भत्किएको छ । निरन्तर पानी पर्दा लेदोसहित ढुङ्गा–माटो झर्ने गरेकाले सडक जोखिमपूर्ण बनेको गाडी चालकले बताएका छन् ।

पहिरो झरेर जोखिम हुनसक्ने तथा सडक अवरुद्ध हुन जाने अवस्थालाई ध्यानमा राखेर एउटा एक्स्काभेटर तयारी अवस्थामा राखिएकाे सडक डिभिजन कार्यालय इलामले जनाएको छ ।

मेची राजमार्गको यस खण्डमा विगतमा पहिराेको ठूलो समस्या थिएन । तर राजमार्गकै मर्मतका लागि भन्दै पाङ्ग्रेभिरमा एक्स्काभेटर प्रयोग गरी सडकको भित्ताबाट ढुङ्गा निकालिएको थियो ।

सडकको भित्तामा रहेका स–साना ढुङ्गा उत्खनन गर्ने भन्दै भित्तामा रहेको पहरो भत्काइएपछि सडक जोखिमपूर्ण बनेको हो ।
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया