देशका लागि सधैँभर लागिरहन्छु : रामचन्द्र पाैडेल

 साउन ८, २०७९ आइतबार १४:०:० | रासस
unn.prixa.net

कांग्रेस व्यास नगर समितिले दमौलीमा आयोजना गरेको छलफलमा नेता पाैडेल

तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासका लागि आफूले मिसनको राजनीति गरेको बताउनुभएको छ । नेपाली कांग्रेस व्यास नगर समितिले आज आइतवार दमौलीमा आयोजना गरेको छलफल कार्यक्रममा उहाँले देश विकासको मुख्य एजेन्डा लिएर नै आफूले राजनीति गर्दै आएको जिकिर गर्नुभयो । 

‘मेरो व्यक्तिगत कुनै स्वार्थ छैन, देश विकास नै मुख्य स्वार्थ हो’, वरिष्ठ नेता पौडेलले भन्नुभयो, ‘देशका लागि सधैँभर लागिरहन्छु ।’ स्वार्थी मानिससँग बच्न आग्रह गर्दै उहाँले पैसाले चुनाव लड्न खोज्नु पनि राजनीति नभएको चर्चा गर्नुभयो । गाउँमै रोजगारी र गाउँमै आम्दानी बढाउने मुख्य लक्ष्य अझै पनि पूरा हुन नसकेकाले  मानिस सहरतिर विस्थापित भइरहेका छन् तर गाउँमै रोजगारीको वातावरण सिर्जना गर्न सके मानिस गाउँमै बस्नेमा वरिष्ठ नेता पौडेलले जोड दिनुभयो । 
‘पार्टीभित्र सबैलाई एकै ठाउँमा हिँडाउने प्रयास गर्दै आएको छु, राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र भन्ने हुँदैन’, उहाँले भन्नुभयो, ‘राजनीतिमा प्रतिस्पर्धा हुन्छ, कोसँग दृष्टिकोण छ त्यसलाई हेरेर जनताले रोज्नु पाउनुपर्छ ।’

कार्यक्रममा तनहुँ उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष इमकुमार मल्लले कांग्रेसलाई अप्ठ्यारो परेको बेला मात्र व्यवसायी खोजी गर्ने परम्परा अन्त्य गर्नुपर्ने सुझाव दिनुभयो । ‘चुनाव आउन लागेका बेला मात्रै व्यवसायी खोज्ने होइन, व्यवसायीको पिर–मर्का के छ भन्नेबारेमा पार्टीले सधैँ चासो राख्नुपर्छ’, उहाँले भन्नुभयो । व्यवसायी वैकुण्ठनाथ मिश्रले पार्टीभित्रका नेता एकजुट हुन नसकेकाले समस्या हुँदै आएको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया