विषालु च्याउ खाँदा बैतडीमा पाँच जना बिरामी

 साउन ११, २०७९ बुधबार ७:२४:५९ | रासस
unn.prixa.net

फाइल फाेटाे

बैतडी - विषालु च्याउ खाँदा बैतडीमा पाँच जना बिरामी परेका छन् । मेलौली नगरपालिका–५ खलीगाडमा एकै घरका उनीहरु बिरामी परेका हुन् ।

च्याउ खाएपछि १४ वर्षीया सुनिता जोशी, १२ वर्षीया सविता, १० वर्षीय किरन, आठ वर्षीया सोनिया र चार वर्षीया दिव्या जोशी बिरामी भएका बैतडीका प्रमुख जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले जानकारी दिनुभयो । उहाँका अनुसार बिरामी परेकाको  केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको छ ।

उनीहरुले हिजो बिहान जङ्गलबाट टिपेर ल्याएको च्याउ खाएका थिए । च्याउ खाएको केहीबेरपछि उनीहरुले बान्ता गर्न थालेका थिए। 

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया