जनकपुरले सुदूरपश्चिमलाई दियाे १ सय ४० रनकाे लक्ष्य
पुस ३, २०८१ बुधबार
काठमाण्डाै - चितवन, पर्सा, कास्की, रुपन्देहीलगायतका ठाउँमा ठूलो वर्षा भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
महाशाखाले राति सूचना निकालेर चितवनको शक्तिखोर, माडी क्षेत्रको छर्छरे, कल्याणपुर, बनकट्टा, गोविन्दबस्ती र आसपासका क्षेत्रमा पछिल्लो ३ घण्टामा ठूलो वर्षा भएकाले बाढी र डुबानको जोखिम रहेको जनाएको हो ।
ठूलो वर्षाका कारण त्यस क्षेत्र आसपास भइ बहने रिउखोला र अन्य खहरे खोलामा बाढी आउन सक्ने भएकाले नदी तटीय क्षेत्रमा बाढी र डुबानको जोखिम भएका ठाउँमा सतर्कता अपनाउन सूचनामा भनिएको छ ।
यस्तै, पर्साको ठोरी, मकवानपुरको हेटौँडा, नवलपरासी, रुपन्देही, कास्की र आसपासका क्षेत्रमा पनि ठूलो वर्षा भएको र यी क्षेत्रमा फेरि पनि ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।
यी क्षेत्र भइ बहने साना नदीमा आकस्मिक बाढीको सम्भावना रहेकाले बिहान १० बजेसम्म नै सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज प्रदेश-१, मधेस प्रदेश, लुम्बिनी प्रदेश र वाग्मती प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।
यसैबीच, पानी परिरहेकाले गाडी चलाउँदा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ । सडकका खाल्डाखुल्डीमा पानी जमेको हुन सक्ने र सडक चिप्लो हुने हुँदा दुर्घटनाको जोखिम रहेकाले गाडी चलाउँदा सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको हो ।
अहिले काठमाण्डौ उपत्यकासहित मुख्य नाका नागढुङ्गा-नौबिसे सडक खण्ड र नौबिसे-मुग्लिन सडक खण्डमा सामान्य रुपमा गाडी चलिरहेका छन् ।
सूचना : बाढी पूर्वानुमान महाशाखा
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।