जनार्दन शर्मा प्रकरण : संसदीय समितिको प्रतिवेदनमा एमालेको फरक मत (पूर्ण पाठसहित)

 साउन १३, २०७९ शुक्रबार १६:३७:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संसदीय छानविन विशेष समितिले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई सफाइ दिने गरी बुझाएको प्रतिवेदनमा एमालेका सांसदहरूले फरक मत राखेका छन् । समितिमा रहेका एमालेका सांसदहरू खगराज अधिकारी, प्रदीप ज्ञवाली, विमला विक र भानुभक्त ढकालले प्रतिवेदनमा फरक मत राखेका हुन् ।

एमाले सांसदहरूको फरक मतमा छानबिनको दायरामा रहेका व्यक्तिहरूको कल डिटेल र मोबाइल लोकेसन उपलब्ध नगराएको, बजेट निर्माणको रातिको सम्पूर्ण दृश्य सङ्ग्रहित दुरुस्त अवस्थाको सीसीटीभी फुटेज उपलब्ध नगराएको लगायत विषय उल्लेख गरिएको छ । कतिपय दस्तावेज र विवरण अर्थ मन्त्रालयका कर्मचारीहरूले उपलब्ध नगराएकाले पनि शङ्कास्पद व्यक्तिहरूसँग सोधपुछ गर्न नपाइएको उनीहरूको भनाइ छ ।

अर्थ मन्त्रालयका कर्मचारीहरूले विवरण लुकाएका कारण बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश भएको आशङ्कामा झन् बल पुगेको एमाले सांसदहरूको निष्कर्ष छ । ‘यस विषयमा स्पष्ट कार्यादेशसहितको संयन्त्र बनाएर थप छानबिन गर्नुपर्ने र छानबिनका क्रममा दोषी ठहर भएकालाई कानुनबमोजिम कारबाही गर्नु आवश्यक रहेको राय प्रस्तुत गर्न चाहन्छौँ’, फरक मतमा लेखिएको छ ।

यस्ताे छ पूर्णपाठ–

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया