सीसीटीभी निर्देशिका अनिवार्य पालना गर्न सरकारी निकायलाई संसदीय समितिको सुझाव

 साउन १३, २०७९ शुक्रबार १७:३०:२० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – पूर्व अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले सीसीटीभी जडान तथा सञ्चालन निर्देशिकाको अनिवार्य पालना गर्न सरकारी निकायलाई सुझाव दिएको छ ।

'सीसीटीभी जडान तथा सञ्चालन निर्देशिकालाई अर्थ मन्त्रालय र गृह मन्त्रालय समेतले पूर्णरूपमा पालना नगरेको देखिएकाले सीसीटीभी जडान गर्ने सम्पूर्ण सरकारी निकायले अनिवार्य रूपमा पालना गर्नुपर्दछ,’ प्रतिवेदनमा लेखिएको छ ।

यस्तै सिंहदरबार परिसरभित्र प्रवेश गर्ने र बाहिर निस्किने व्यक्तिको व्यवस्थित अभिलेख राख्ने पद्धतिको विकास गर्न, सबै निकायमा सीसीटीभी प्रणाली व्यवस्थित गर्न र सिंहदरबार परिसरको समग्र सुरक्षा प्रणालीलाई व्यवस्थित गर्न छुट्टै अध्ययन गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

छानबिनको क्रममा अर्थ मन्त्रालयले संसद र संसदीय समितिले माग गरेका कागजात प्रमाणहरु र गरिएका पत्राचारको जवाफ र विवरण उपलब्ध गराउने सिलसिलामा विषयको गाम्भीर्यतालाई ध्यान नदिइ हलुका ढङ्गले व्यवहार गरेको महसुस गरेको भन्दै समितिले अर्थ मन्त्रालयका जिम्मेवार अधिकारीहरूले आफ्नो जिम्मेवारी र जवाफदेही सही रूपमा बहन गर्न सुझाव दिइएको छ । 

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया