देशभरका विभिन्न अस्पतालमा भाइरल ज्वरोका बिरामी बढ्न थाले

 साउन १४, २०७९ शनिबार १२:२७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - देशभरका विभिन्न अस्पतालहरुमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । रुघाखोकी र ज्वरोका बिरामी बढ्न थालेपछि कतिपय ठाउँमा विद्यालयसमेत बन्द गरिएको छ ।

बिरामीको सङ्ख्या बढ्दा उपचारमा समेत समस्या भएको डाक्टरहरुले बताएका छन् । भाइरल ज्वरोका कारण इलामको विभिन्न पालिकामा रहेका विद्यालयहरु बन्द भइसकेका छन् । यस्तै, डोटीमा पनि बिरामीको सङ्ख्या बढेपछि उपचारमा समस्या भएको डाक्टरले बताएका छन् ।

डोटीमा उपचारका लागि आउने बिरामीमध्ये ६० देखि ७० प्रतिशत  बिरामी भाइरल ज्वरोका भएका शैलेश्वरी अस्पताल दिपायलका डाक्टर ललितकुमार लिम्बुले बताउनुभयो ।  यस्तै काठमाण्डौमा पनि भाइरल ज्वरोका बिरामी बढेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका विशेषज्ञ डा. शेरबहादुर पुनले बताउनुभयो ।

ज्वरो आउने, रुघाखोकी लाग्ने, जिउ दुख्ने, हातखुट्टा करकर खाने, छाती र घाँटी दुख्नेलगायतका लक्षण बिरामीमा देखिने गरेको डाक्टरले बताएका छन् । बालबालिकालाई ज्वरो आउने, ज्वरो घट्ने, शरीरका केही भागमा तापक्रम बढे पनि केही भागमा चिसोपना नै रहनेलगायतका लक्षण देखिएको छ । कतिपय बिरामीमा अधिक टाउको दुख्ने, बान्ता हुने लक्षणसमेत देखापरेको छ ।

डाक्टरले भिडभाडमा नजान र मास्कको प्रयोग गर्न सुझाव दिँदै आएका छन् ।  पानी उमालेर मात्र खान र बासी सडेगलेका खानेकुरा नखान डाक्टरको सुझाव छ । 
 

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया