काेराेनाका कारण दर्शक बिनै खेल खेलाउँदा आहा रारा गाेल्डकपमा १२ लाख घाटा

 साउन १४, २०७९ शनिबार १७:५७:४८ | सागर राज तिमिल्सिना
unn.prixa.net

फाइल तस्बिर

कास्की – २० औं आहारारा गोल्डकप फुटबल प्रतियोगिता–२०७८ मा आयोजकले १२ लाख रुपैयाँ भन्दा बढी घाटा बेहोरेको जनाएको छ । कोरोना महामारी बाबजुद आयोजक सहारा क्लब पोखराले दर्शक बिनै सेमिफाइनलसम्म खेल खेलाएको थियो ।

शनिबार आय-व्यय सार्वजनिक गर्दै प्रतियोगितामा १२ लाख ६२ हजार रुपैयाँ नोक्सानी भएको अर्थ संकलन उपसमितिका संयोजक सुनील गुरुङले जानकारी दिए । यद्यपि, साढे १२ लाख घाटा भएकोमा क्लबका विदेशमा रहेका शाखा संस्थाहरु सहारा क्लब हङकङले ५ लाख, युकेले ३ लाख र अष्ट्रेलियाले १ लाख रुपैयाँ सहयोग गरेका थिए । जसबाट नोक्सानीको केही क्षतिपूर्ति हुँदा घाटा रकम ३ लाखमा झरेको गुरुङले पत्रकार सम्मेलनमा जानकारी दिनुभयाे ।

पोखरा रंगशालामा गएकाे वर्ष माघ ६ देखि १५ सम्म भएको प्रतियोगितामा कुल ६६ लाख ४१ हजार रुपैयाँ आम्दानी भएकोमा ६९ लाख ८९ हजार रुपैयाँ खर्च भएको छ । १० टिमले भाग लिएको प्रतियोगिताको उपाधि विभागीय क्लब एपिएफले जितेकाे थियाे भने मनाङ मर्स्याङ्दी उपविजेता बनेकाे थियाे ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया